बन्द अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बन्द अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा

raja

सर्लाही, १ चैत्र ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे । पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारण समेत सडकको दायाँबायाँ उभिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);