ओखलढुंगाका स्वास्थ्य संस्था टेन्टबाटै सञ्चालित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

ओखलढुंगाका स्वास्थ्य संस्था टेन्टबाटै सञ्चालित

health post

नवराज कार्की
ओखलढुंगा, १० जेठ । भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि ओखलढुंगाका अधिकांश स्वास्थ्य संस्थाले टेन्टबाटै सेवा प्रवाह गरिरहेका छन् । स्वास्थ्य संस्थाको भवन नहुँदा बिरामीको बिचल्ली भएको छ ।

भूकम्प गएको तीनवर्ष बितिसक्दा पनि ओखलढुंगाका अधिकांश स्वास्थ्य संस्थाले टेन्टबाट सेवा प्रवाह गरिरहेका छन् । भवन निर्माणमा ढिलाई हुँदा ६ वटा भन्दा धेरै स्वास्थ्य संस्थाले टेन्टबाटै सेवा प्रवाह गर्न बाध्य छन् ।घामपानी र हुरीबतासबाट टेन्टलाई जोगाउन हम्मेहम्मे भएको छ । टेन्टबाट बिरामीलाई उपचार गराउन र औषधिलाई निश्चित तापक्रम मिलाएर राख्न चिकित्सकलाई समस्या भएको छ ।

स्वास्थ संस्थाको भवन बनाउने प्रक्रिया अझै अगाडी बढेको छैन । भवन बनाउन केन्द्रमा ताकेता गरेपनि चासो नदिएकाले समस्या थपिदै गएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख मोहन सुवेदीले बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्रधिकरण या स्वास्थ मन्त्रालय कसले बनाउने भन्ने अन्योलले भवन निर्माणमा ढिलाइ भएको हो । स्वास्थ जस्तो संवेधनशील विषयमा राजनीति नगर्न आग्रह गर्दै ओखलढुंगाका सरोकारवालले तत्काल भवन निर्माण गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);