दसैँ सुरु भएपछि बजारमा किनमेलका लागि सर्वसाधरणको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विक्रम श्रेष्ठ,काठमाडौं, ६ असोज ।  नेपालीहरुको सबैभन्दा ठूलो पर्व दसैँ सुरु भएपछि बजारमा किनमेलका लागि सर्वसाधरणको घुइँचो सुरु भइसकेको छ । तर सोही बजारमा रातदिन थाप्लो खियाउँदै भारी बोकेर गुजारा गर्नेहरुले अझै दसैँको अनुभुती गर्न सकेका छैनन् ।

दोलखा कालिन्चोक गाउँपालिका ३ का ६० वर्षिय मानबहादुर बस्नेत बिहीवार दिउँसो काठमाडौँको महावौद्धचोकमा मलिन मुहारमा हुनुहुन्थ्यो । दशैँको घटस्थापनाका दिन पनि उहाँको मुहारमा पर्वको कुनै रौनक थिएन । दशैँका लागि घर जाने दिन नजिकै आउँदा पनि गोजीमा दशैँ टार्ने खर्च नहुँदा मानवहादुर दशैँ कसरी मनाउने भन्ने चिन्तामै रुमल्लिरहनुभएको छ ।

भारी बोकेर आफ्नो दशैँ खर्च जुटाउन प्रयत्नरत उहाँजस्तै भरिया भएर गुजारा गरिरहेकाहरु दशैँ कसरी टार्ने भन्ने चिन्तामा छन् । एक भारीका लागि दैनिक ५० देखि सय रुपैयाँमा वार्गेनिङ गर्नुपर्ने बाध्यतामा रहेका उनीहरु दशैँलाइ गरिवको परिवारमा ऋण बोकाउने पर्वका रुपमा व्याख्या गर्छन् ।

दशैँ देखासिखी र खर्चालुपर्वको रुपमा विकास हँुदै गर्दा युवा परिश्रमीहरु भने आफ्नो क्षमता अनुसार मात्रै खर्च गर्नुपर्ने वताउँछन् ।

सरकारले गरिबीको अन्त्यका लागि गरिव पहिचान देखि गरिव उन्मुलन कार्यक्रम संचालन गरेको छ । सधैँ विकासोन्मुख र गरिबीको रेखामुनिको सूचांकमा राखेर विकासे कामकुरा गर्न रुचाउने संघ÷संस्थाको परिबन्दमा परेको सरकारले स्वयम् गरिबी पहिचान वा निवारणका निकायहरू चुस्त वनाउन सकेको छैन । जसका कारण गरिविको व्यथा संधै उस्तै हुने गर्दछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);