चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा खोटाङबासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

चन्दा उठाएर ‘बाँदर धपाऊ’ अभियानमा खोटाङबासी

monkey

खोटाङ, ९ माघ । बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन् ।

बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण कपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वरीस् तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मी लगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर अभियान थालेका हुन् ।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरेको केपिलासगढी गाउँपालिका, ३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए । यो समाचार आजको नागरिकबाट लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);