दाङ सुन्दरपुरमा नयाँ शिव मन्दिर बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दाङ सुन्दरपुरमा नयाँ शिव मन्दिर बन्दै

दाङ । दाङको राप्ती वडा नम्बर ४ सुन्दरपुरका स्थानीयहरु गाउँमा शिव मन्दिर बनाउन एक जुट भएर लागि परेका छन् । लामो समयदेखिको सपाना पुरा गर्न अधिले स्थानीय बासिन्दा एकजुट भएर लागेका हुन् ।

गाउँमा एउटा पुरानो मन्दिर छ तर खोलाको कटान सँगै मन्दिरनै जीर्ण भइसकेकाले त्यसको संरक्षणका लागि त्यही मन्दिरको नजिकमा नयाँ मन्दिर बनाउन थालिएको मन्दिर निमार्ण समितिका अध्यक्ष कृष्णबहादुर बस्नेत र सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक मौरीघाट देखि देवीकोट हुँदै प्रस्तावित प्युठानको स्वर्गद्धारी जोड्ने सडक छेउमै मन्दिर बनाउन थालिएको छ ।

२०७८ साल जेठ ८ गते देखि मन्दिर बनाउन थालिएको हो । अहिले मन्दिरको ढलान कार्य समेत सम्पन्न भइसकेको छ । सरकारको सहयोग बिनै गाउँलेहरुले आफै पैसा उठाएर तथा विदेशबाट नेपालीहरुले पठाएको रकमबाट मन्दिर बनाउन थालिए पछि स्थानीयहरु समेत हौसिएका छन् । गाउँमा भएको मन्दिर पनि जीर्ण भइसकेपछि पुजापाठ गर्न छोडिएको थियो । गाउँको मन्दिरमा पुजापाठ गर्न बन्द भएपछि स्थानीयहरु छिमेकी गाउँ तथा अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो ।

मन्दिर बनाउन स्थानीय र देश विदेशबाट गरी हाल ३ लाख रुपैयाँ सहयोग जुटेको छ । यता गाउँलेहरुले स्थानीय सरकारलाई चुनौती दिदै आफ्नै लगानीमा मन्दिर बनाउन थालेपछि स्थानीय सरकारको ध्यान गएको छ । यस आर्थिक वर्षका लागि राप्ती गाउँपालिका मार्फत २ लाख बजेट विनियोजन गरिएको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले बताए ।

साच्चै आफ्नो गाउँ आफै बनाऔँ भन्ने नारालाई आत्साथ गर्ने हो भने सरकारको सहायोग बिना पनि थुप्रै काम गर्न सकिन्छ भन्ने कुरा सुन्दुरपुरबासीका युवाहरुले गरेको कामबाट प्रष्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);