भारतबाट आएका सिकारीले बाँदर समात्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतबाट आएका सिकारीले बाँदर समात्न थाले

monkey

काठमाडौं, ८ फागुन । नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पु-याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेरका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);