बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाँदर नियन्त्रण गर्न बजेट, युवालाई बाँदर समात्ने जागिर

monkey

पर्वत, २४ जेठ । बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि पर्वतको महाशिला गाउँपालिकाले बजेटै छुट्याएर नियन्त्रण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको छ ।

सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लाडि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेश गरेका थिए । गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरेको गाउँपालिकाले जनाएको छ ।
बाँदर समात्न गाउँकै युवालाई अवसर दिइने छ । शुरुमा तालिम दिने र त्यसपछि बाँदर समात्ने जागिरमा लगाउने योजना गाउँपालिकाको छ । आजको कान्तिपुरको पृष्ठ १४ मा यो समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);