बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै : मन्त्री बिना मगर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै : मन्त्री बिना मगर

bina magar upanirbachan

काठमाडौं, २७ मंसिर । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेस्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताउनु भएको छ ।

मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अव छिट्टै उद्घाटन हुने मिति तय हुने बताउनुभयो । उहाँले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताउनुभएको हो ।

दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो । तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताउनुभयो ।

सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो । २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने सरकारको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);