सामाजिक सुरक्षा कोषका कर्मचारीलाई १९ करोड राहत प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सामाजिक सुरक्षा कोषका कर्मचारीलाई १९ करोड राहत प्रदान

samajik surakhsya kosh

काठमाडौं, ५ वैशाख । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीलाई करिब १९ करोड रुपैयाँ राहत प्रदान गरेको छ । सरकारले रोजगारदाता कम्पनी र श्रमिकका तर्फबाट कोषमा चैतमा जम्मा गर्नुपर्ने योगदान रकम तिरिदिएर राहत प्रदान गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको सामाजिक सुरक्षा कोषका अनुसार ८ सय ६१ रोजगारदाता कम्पनी र तिनमा कार्यरत ३३ हजार ४ सय श्रमिक तथा कर्मचारीले कोषमा जम्मा गर्नुपर्ने १८ करोड ६६ लाख रुपैयाँ सरकारले तिरिदिएको छ । यसबाट रोजगारदाता कम्पनीले सरकारबाट १२ करोड र श्रमिक तथा कर्मचारीले करिब ६ करोड ६६ लाख राहत पाएका छन । कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम हरेक महिना जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ । राहतसँगै कोषमा आबद्ध श्रमिक तथा कर्मचारीले चैतको तलबसमेत पाएका जनाइएको छ ।

लकडाउनका क्रममा व्यवसाय ठप्प रहेका रोजगारदाता कम्पनीले आफ्ना श्रमिक तथा कर्मचारीलाई चैतको तलब दिएको लिखित जानकारी प्राप्त भएपछि मात्र सरकारले राहत रकम कोषमा जम्मा गरिदिने गरेको छ । कोरोनाकोे विश्वव्यापी महामारीको संकट लम्बिए सरकारले कोषमा आबद्ध रोजगारदाता कम्पनी र श्रमिक तथा कर्मचारीलाई यस्तो राहत प्रदान गर्दै जाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक तथा कर्मचारी र आश्रित परिवारले उपचार खर्च, दुर्घटना बिमा, अवकाशपछि पेन्सन र कार्यरत अवस्थामै मृत्यु भए परिवारले पेन्सन या उपदान सुविधा पाउने कानुनी व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);