अब सबै श्रमिकलाई पेन्सन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब सबै श्रमिकलाई पेन्सन

pension

काठमाडौं, ११ मंसिर । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ ।

यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट बृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटन तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।

निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागु गरिएको हो, श्रममन्त्री गोकर्ण विष्टले भने, श्रमजीवी बर्ग नयाँ युगमा प्रवेश गर्नेछ ।

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योग्दान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भईसकेको छ ।, आजको कान्तिपुर दैनिकमा मुख्य खबर रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);