सरकारद्धारा श्रमिकका लागि पेन्सन सहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकारद्धारा श्रमिकका लागि पेन्सन सहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

rojgar thagi

काठमाडौं, ७ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

उक्त कार्यक्रम यही मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रवार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जानकारी दिए ।

यो योजना लागू भएपछि योगदानमा आधारित पेन्सनसमेत सुरु हुनेछ । सरकारले निर्माण गरेको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले २० प्रतिशत र श्रमिकको ११ प्रतिशत जम्मा हुनेछ । पत्रकार सम्मेलनमा सचिव दाहालले सामाजिक सुरक्षा योजना सञ्चालनको लागि आवश्यक पर्ने सबै कानुन तथा कार्यबिधि पूरा भएको जानकारी दिए । उनले सामाजिक सुरक्षा कार्यक्रमले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर भई औद्योगिक लगानीको लागि वातावरण बन्नुको साथै श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);