सडकमा पैसा फ्याक्ने महिलाहरुको अनुसन्धान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सडकमा पैसा फ्याक्ने महिलाहरुको अनुसन्धान सुरु

Dhanusa_district

धनुषा, ५ वैशाख । सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले सो महिलाहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानियले भनेको हुलियाको आधारमा महिलाहरुको खोजी भइरहेको छ । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा दुई महिलाहरु पैसा फालेर भागेका थिए ।

भारतमा समेत सडकमा पैसा फालिएको अवस्थामा भेटिएको र कोरोना भाईरस भएको आशंका गरिएको थियो । त्यसैले स्थानीयहरु त्रसित भएर प्रहरीलाई खबर गरेका थिए । स्थानीयहरुका अनुसार दुईजना महिला १० र १०० को नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका थिए । उनीहरुले केहि पसलका सटरहरुमा समेत पैसा राखेको स्थानीयले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);