सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद

laguausadha

सर्लाही, ४ फागुन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं ४ त्रिभुवननगरबाट सशस्त्र प्रहरीले सडकमा वेवारिसे अवस्थामा फालेको लागुऔषध फेला पारेको छ ।

त्रिभुवननगर स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार साँझ करिब ५ बजेको समयमा एकजना अज्ञात ब्यक्ति भारतबाट कार्टुनमा प्याक गरि ल्याउँदै गरेको लागुऔषध बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै सडकमा फालेर भारततर्फ भागेका थिए ।

सडकमा फालिएको कार्टुन खोलेर चेकजाँज गर्दा सय एमएलको १२५ बोतल टोफेक्स नामक लागुऔषध बरामद भएको बिओपी त्रिभुवननगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजित सिंहले जनाएको छ ।

बरामद भएको लागुऔषध आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);