सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अबैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ । शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका-१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ हजार पिस नाइट्राभेट ट्याब्लेट बारामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना५५प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए ।

सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ । तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सगैँ दुर्व्यसनीसमेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोवारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);