चिकित्सा शिक्षा आयोगले फेरि बढायो शुल्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चिकित्सा शिक्षा आयोगले फेरि बढायो शुल्क

doctor talking

काठमाडौं, २ कात्तिक । चिकित्सा शिक्षाका विद्यार्थीहरूले फेरि महँगो शुल्क तिर्नुपर्ने भएको छ । साबिकभन्दा २ लाख रुपैयाँ बढी शुल्क तिर्नुपर्ने गरी चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरेको छ । तर, आयोगले शुल्क निर्धारण गर्दै आए पनि मेडिकल कलेजले भने त्यसलाई बेवास्ता गर्दै आएका छन् । कलेजहरुले यस अघि तोकिएको शुल्कभन्दा दोब्बर बढीले शुल्क असुल्दै आइरहेका छन् । सरकारले त्यसरी असुलेको रकम फिर्ता गर्न निर्देशन दिए पनि उनीहरूले फिर्ता गरेका छैनन् ।

चिकित्सा शिक्षा आयोगको पछिल्लोपटक बसेको बैठकले एमबीबीएस र बीडीएस कार्यक्रमका लागि नयाँ शुल्क निर्धारण गरेको हो । आयोगले उपत्यकामा एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

त्यसैगरी, बीडीएसका लागि उपत्यकामा र बाहिर समान २० लाख १९ हजार ५८० रुपैयाँ लाग्नेछ । तर कलेज सञ्चालकहरुले शुक्रबार नै विज्ञप्ति जारी गर्दै सरकारले हचुवाको आधारमा शुल्क निर्धारण गरेकाले सरकारको सो निर्णय अमान्य हुने बताएका छन् ।

सरकारले शैक्षिक सत्र २०७५-७६ का लागि उपत्यकामा एमबीबीएसका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बीडीएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६१२ रुपैयाँ निर्धारण गरेको थियो ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);