जुनसुकै उमेरका महिलालाई हुन सक्छ स्तन क्यान्सर, होशियार होऔ, यसरी बचौ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुनसुकै उमेरका महिलालाई हुन सक्छ स्तन क्यान्सर, होशियार होऔ, यसरी बचौ (भिडियोसहित)

dr sujata hirajan

काठमाडौं, २७ कात्तिक । शरीरको अन्य भागमा झै स्तनको कोषमा असमान्य गिर्खाहरु आएर निको नहुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर पश्चिमी मुलुकदेखि आजभोली नेपालमा पनि यस रोगले महिलाहरुलाई सताउन थालेको छ । यस रोगबाट प्राय महिलाहरु पिडित भैरहेका छन् ।

खाने कुरा खाने देखि हामीले आफ्नो सरसफाईमा पनि ध्यान दिएनौ भने यस रोगले सताउन सक्छ । पछिल्लो समय स्तन क्यान्सर जटिल रोगको विषय बन्दै गएको छ । स्तनका कोषहरु असमान्य हिसाबले बृद्दि हुदै जानु खतराको सङ्केत हो । यो जुनसुकै उमेरका महिलाहरुलाई हुन्छ । अरु क्यान्सरहरु जस्तै यस स्तन क्यान्सरको पनि विभिन्न चरणहरु हुन्छन् । महिलाहरुले आफुलाई स्तन क्यान्सर भएको थाहा पाउन बेला-बेलामा शरीर चेकजाच गरिरहनु पर्दछ । 

उक्त रोग चेक गर्न महिनावरी भएको १ हप्तामा चेकजाच गराउदा धेरै राम्रो हुन्छ । स्तनमा गिर्खा देखिए पनि लाजका कारण अधिकाश महिलाहरु स्तन चेक गराउदैनन् । स्तन क्यान्सर प्राय दुध उत्पादन हुने नलीबाट हुन्छ तर कहिले – काहि तन्तुहरुको झुप्पाबाट पनि प्रारम्भ हुन सक्छ ।

रोगका कारणहरु :

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरुलाई जोखिमको रुपमा लिन सकिन्छ ।

महिला विशेष गरी प्रौढ अवस्थामा वशाणुगत जस्तै आमा, दिदी-बहिनी,छोरी मध्ये कसैलाई यो रोग लागेको छ भने सर्ने सम्भावना एकदमै धेरै हुन्छ ।

१२ वर्ष पुग्नु भन्दा पहिला नै महिनावरी भएका महिलामा पनि यो रोगले सताउने गरेको पाईन्छ ।

५५ वर्षपछि रजोनीवृत्ति भएका महिलाहरुमा ।

दिनहु मदिरा सेवन गर्ने महिलामा ।

लामो समयसम्म परिवार नियोजनका लागि हर्मोनमा आधारित चक्कि व सुई प्रयोग गरेमा ।

रजोनीवृत्तिको प्रभाव घटाउन हर्मोनलाई रिप्लेसमेन्ट थेरापी गराएमा ।

मोटो महिलामा एस्ट्रोजिन हर्मोन बढि हुन्छ, जसको आधिक्यता स्तन क्यान्सरको कारक मानिएको छ ।

कहिले गर्भवती नभएका वा ३० वर्ष पछि बच्चा जन्माएका महिला ।

विकिरण:बच्चा वा युवास्थामा छतीको क्यान्सर व अन्य रोगका लागि विकिरण उपचार गरेका-दिएका महिला ।

स्तन कोषको असामान्य वृद्दि भएमा । ईत्यादि ।

स्तन क्यान्सरका लक्षणहरु :

स्तन क्यान्सरका प्रारम्भिक अवस्थामा कुनै पनि लक्षण देखिदैन ।

स्तन वा पाखुरा मुनि गिर्खा देखिनु ।

गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रवृतीको हुनु ।

स्तन वा स्तनको मुन्टो आकार-प्रकार परिवर्तन हुनु-जस्तै रातोपना चाउरीए जस्तो हुनु, सुन्तला रङ् जस्तो मुन्टो स्तन तिर फर्कियको जस्तो हुनु, मुन्टो वरिपरिको छलामा कत्ला निस्केको जस्तो देखिनु वा सुन्निने । ईयादि।

स्तन क्यान्सर भनेको के हो  ? पछिल्लो समय नेपालमा स्तन क्यान्सरको विरामी बढ्नुको कारणहरु के-के हुन्  ? यसका लक्षणहरु, निदानहरु के-कसरी उपचार हुन्छ भन्ने बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले कृस्ट मेडिकल कलेजका स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर सुजिता हिराजन संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);