घुँडा जोर्नीसम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

घुँडा जोर्नीसम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण हुने

काठमाडौं, २६ कात्तिक । नेपाल मेडिसिटी अस्पतालले घुँडा जोर्नीसम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

नेपाल मेडिसिटी अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी देशव्यापी रुपमा घुँडा जोर्नीसम्बन्ध समस्या भएका बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागिएको जानकारी गराएको हो ।

ललितपुरको भैंसेपार्टीस्थित अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक डा. विजय रिमालले बुधबार हेटौंडाबाट सुरु हुने सो स्वास्थ्य परिक्षण पुस २६ गते नेपालगंजमा पुगेर समापन हुने जानकारी दिए ।

देशका मुख्य–मुख्य सहरहरु वीरगंज, जनकपुर, धरान, दमक, बुटवल, पोखरा र कैलालीमा पनि घुडाको निःशुल्क परीक्षण गरिनेछ । स्वास्थ्य परीक्षणका लागि अस्पतालका हाड जोर्नी विशेषज्ञहरु सहभागी हुने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण गराएका बिरामीहरुलाई अस्पतालमै झिकाएर शल्यक्रिया गर्ने योजना पनि बनाएको छ । प्रबन्ध निर्देशक रिमालले अस्पतालको सो सेवाबाट धेरै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);