दादुराको खोपले चार बालबालिकाको मृत्यु भएको सर्वोच्चको ठहर | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

दादुराको खोपले चार बालबालिकाको मृत्यु भएको सर्वोच्चको ठहर

khop

काठमाडौं, १६ साउन । पूर्वीचौकी गाउँपालिका–५ काडामाडौंका बालबालिकाको दूषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ ।

०६९ साल भदौ ३ गते डोटीको पूर्वीचौकी गाउँपालिका–५ (साबिकको काडामाडौंं गाविस) मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पूर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताए । ‘अदालतले यस्तो निर्णय गर्ला भन्ने त लागेकै थिएन,’ उनले भने, ‘हामीले त न्याय पाउने आशा मारिसकेका थियौँ, ढिलै भए पनि अदालतले न्याय दिएकोमा खुसी लागेको छ ।’

दादुराको खोप लगाएको भोलिपल्ट १२ महिनाकी मिलन नेपाली, आठ महिनाकी सुजाता नेपाली, १९ महिनाकी गौरी चिराल र नौ महिनाकी अञ्जु विकको ज्यान गएको थियो । सर्वोच्चको फैसलापछि दादुराको खोपका कारण मृत्यु भएका चार बालबालिकाका परिवारले जनही १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाउने भएका छन् । त्यतिवेला दादुराको खोप लगाइएका ६ जना बालबालिकामध्ये चारजनाको मृत्यु भएको थियो । दुईजना गम्भीर बिरामी परेका थिए । खोप लगाएको भोलिपल्टै मृत्यु भएका चार बालबालिकाका आफन्तले खोपकै कारणले मृत्यु भएको भन्दै क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा दिएका थिए ।

दुई वर्षसम्म गाउँ खोपविहीन बन्यो
दादुरा खोप लगाएका बालबालिकाको मृत्यु भएपछि दुई वर्षसम्म साबिकको काडामाडौं गाविस खोपविहीन बनेको वडाध्यक्ष पदम धानुकले बताए । धानुकले भने ‘हाम्रा बच्चा मार्ने खोप हामी लगाउँदैनौँ भनेर गाउँलेले खोप बहिष्कार गरे । पछि धेरै सम्झाएपछि मात्र गाउँलेहरू बालबालिकालाई खोप लगाउन राजी भए ।’आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);