पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुन्छ : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुन्छ : नेता नेपाल

काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफै हुने बताउनुभएको हो ।

त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने बताउनुभयो । बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।

नेता नेपालले भन्नुभयो ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ । एकतावद्ध भएर अगाडी बढाउन गई हामी सबै अनुशासनमा बाधिनुपर्छ । अनुशासनमा बाधिने हो भने आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछी यो आन्दोलन अगाडी बढ्छ । पार्टी अगाडी बढ्छ । जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस बादविवाद हुँदै आएका छन । छलफल बहसबाट भाग्नेपनि होइन, बैठकबाट भाग्नेपनि होइन, कमिटी प्रणालीबाट भाग्नेपनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ । ’

पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीको अनुशासनमा बाधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);