कार्यकर्तातहमा प्रतिवेदन पुर्‍याउँदै प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कार्यकर्तातहमा प्रतिवेदन पुर्‍याउँदै प्रचण्ड

prachanda-1

काठमाडौं, ९ मंसिर । ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ गते प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन पुस्तकका रुपमा प्रकाशित गरि तललो तहमै पुर्‍याएको घटनाले सत्तारुढ दल भित्रको विवाद झनै पेचिलो बनेको छ ।

प्रचण्ड पक्षको यो पछिल्लो कदमले पार्टी भित्रको विवाद मत्थर पानै लागि परेका मध्यमार्गी नेताहरु समेत यतिबेला बिलखबन्दमा फसेकाछन् । विवाद निरुपणका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेताहरुले दाहालले सचिवालय बैठकमा पेश गरेको उक्त प्रतिवेदन फिर्ता लिनका लागि दाहाललाई गर्दै आएको अनुरोधका विपरित पुस्तकाकारमा प्रतिवेदन जिल्लातहमै पुर्‍याईनाले विवाद झनै बढेर जाने चिन्ता ब्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालय सम्बध्द एक अधिकारीले ईमाउण्टेनलाई बताए, ‘प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामा वितरण गरिएको’ बताएकाछन् । उनका अनुसार, ‘प्रतिवेदनको ३२ पृष्ठ लामो पुस्तक तयार पारिएको छ । सोही पुस्तक कार्यकर्तामा बाँडिएको हो । केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पु¥याउने काम हुनले पार्टी भित्रको समस्या घट्ने भन्दा बढेर जाने खतरा सिर्जना भएको छ ।

प्रधानमन्त्री निकट श्रोतका अनुसार ‘पार्टीको सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेचीदेखि महाकालीसम्मका सञ्चारमाध्यममा चुहाइएको थियो। अहिले पुस्तक प्रकाशन नै गरेर तल्लो तहका कार्यकर्तासम्म वितरण हुँदैछ । यो काम पार्टीको विवादलाई संस्थागत गर्ने उद्देश्यसहित आयो । यसबाट उहाँहरुले फूटको राजनीति गरेको प्रष्ट हुन्छ ।’

यता प्रचण्ड पक्षधर नेताहरुले भने आफुहरु माथी फुटको राजनीति गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको जिकिर गरेकाछन् । उनिहरुका अनुसार, ‘पार्टीभित्र आपसी धेरै मतभेद छ । यसलाई सम्बादबाट मात्रै हल गर्न सकिन्छ भनेर हामीले बैठक आह्वान गरेका हौँ । बैठक बोलाइएको छ । अब त्यो बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्नेछौँ ।’

मंसिर १३ गते बस्ने बैठकमा अध्यक्ष ओलीको पनि प्रतिवेदन आउने अपेक्षा गरेको बताउँदै उनले त्यसपछि दुवै प्रतिवेदनमा बारेमा विस्तृत छलफल हुने बताए । उनले भने, ‘पार्टी फूटका विषयमा बाहिर आएको हल्लाजस्तो अवस्था छैन । नेताहरुबीच मतभिन्नता छ । त्यो बैठकहरु सञ्चालन हुन थालेपछि हल हुँदै जानेछन् । अहिले हामी पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर लागेका छौँ ।’

प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ । १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);