संसद विघटनका पछाडी विदेशी शक्तिहरुको पनि हात छ : महासचिव मनोज भट्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

संसद विघटनका पछाडी विदेशी शक्तिहरुको पनि हात छ : महासचिव मनोज भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद विघटनका विदेशी शक्तिको हात रहेको दाबी गरे । उनले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गरे ।

प्रतिनिधि सभा विघटनविरुद्धको कदममा ०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उनले बताए । उनले भने – ‘सामान्य प्रकारको घटनाक्रम होइन । भारतका कयौँ कुटनीतिज्ञले खुला रुपमा भनेका छन्, भारतीय जनता पार्टीको सरकार नेपालमा ओलीको सरकारसँग मिलेर राजतन्त्र र हिन्दुराज्य व्युताउनको लागि प्रयास गरिरहेको छ । भारताक विरुद्ध धेरै ठुलो जनमत नेपालमा सिर्जना भइराखेको छ । यसको बारेमा भारतिय जनता पार्टीको सरकारले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । यसका पछाडी विदेशी शक्तिहरुको पनि हात छ । र विदेशी शक्तिहरु सँगको भेटघाट पछि नेपालमा अप्रत्याशित रुपमा नेपालमा ठुला–ठुला राजनीतिक घटनाक्रमहरु पनि घटेका छन् । प्रतिगमनलाई पराजित गर्नका लागि हिजो २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा भाग लिएका शक्तिहरु आज एक ठाउँमा आउनुपर्ने आवश्यकता छ ।’

महासचिव भट्टले प्रतिगमनको विरोधमा पाँच राजनीतिक दलहरु एकै ठाउँ उभिएपछि प्रगमन परास्त हुने उनले दाबी गरे । सत्तारुढले सत्ताको आडमा अल्मल्याउन, जालझेल गर्न तथा षडयन्त्रहरु गर्नसक्नेमा सचेत हुँदै संयुक्त आन्दोलन गर्नुपर्नेमा उनको जोड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);