भोलि माओवादी केन्द्र पुर्नगठन प्रभावशाली नेता गोपाल किराँतीको दावी | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

काठमाडौँ, २१ असोज । पार्टी एमालेमा बिलय हुन लागेको भन्दै माओवादीका प्रभावशाली नेता गोपाल किँरातीले भोलि आईतबारसम्म माओवादी केन्द्र पुनर्गठन गर्ने दाबी गरेका छन्।

एमालेसँग चुनावी तालमेल र एकताको विरोध गर्दै आएका किराँतीले आज शनिबार बिहान अध्यक्ष दाहालसँग भेटेर छलफल गरेपनि राष्ट्रिय सभागृहमा भएको प्रशिक्षण कार्यक्रम भने बहिस्कार गरे।

‘राष्ट्रिय सभागृहमा हुने श्री प्रचण्ड समूहको पार्टी प्रशिक्षण बहिस्कार गरियो’, किराँतीले भने, ‘बैठक भनिएको भए विधिको दृष्टिले पनि १७ गतेको ६ बुँदे घोषणा परिमार्जन सम्भव हुने थियो तर प्रशिक्षण भनेपछि केन्द्रीयताको त्यो कार्यक्रमबाट परिमार्जनको कुनै गुन्जाइस रहेन र सभागृहमा गइएन।’

किराँतीले शनिबार बिहान दाहालसँग एक घण्टा छलफल भएको र आइतबार पनि बिहान फेरी छलफल हुने बताएका छन्।

‘भोली फेरि बस्ने श्री प्रचण्डको अनुरोधलाई स्विकार गरियो, किनकी मलाई त्यस्तो कुनै हतारो छैन’, किराँतीले फेसबुक पेजमा भनेका छन्, ‘भोलीको छलफलपछि सम्भवतः भोली नै नेकपा (माओवादी केन्द्र) पुर्नगठन समिति निर्माण गरिन्छ।’