कांग्रेस तर्सिएको छः योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ताप्लेजुङ, २१ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेसँग माओवादी र नयाँ शक्तिले गरेको वामगठबन्धनबाट कांग्रेस अत्तालिएको बताएका छन् ।

एमाले लगाएतका अन्य दुई ठुला पार्टीको ऐतिहासिक वाम गठबन्धनबाट तर्सिएर कांगे्रसले मन्त्री हटाउन र चुनाव स्थगित गर्न खोजेको समेत दाबी गरेका छन् ।

अबको दुई महिनासम्म एमाले कुनै किसीमको सरकार परिर्वतन गर्ने प्रयासमा नलाग्ने र प्रधानमन्त्रीलाई निर्धक्क आगामी चुनावमा लाग्न आग्रह गरेका छन् ।

ताप्लेजुङमा आयोजित एक कार्यक्रममा बोल्दै ऐमाले, माओवादी र नयाँ शक्तिको गठबन्धनका कारण देश र जनतालाई समेत फाइदा पुग्ने जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);