वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिलाई भोलिसम्म काम सम्पन्न गर्न नेकपा एमालेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २१ असोज ।  नेकपा एमालेले वाम गठबन्धनको सिट र क्षेत्र बाँडफाँड समितिलाई भोलिसम्म काम सम्पन्न गर्न सचेत गराएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चुनावी तालमेल र पार्टी एकीकरणका लागि गठित ३ दलीय कार्य दललाई आफ्नो जिम्मेवारी छिटो पूरा सचेत गराएको हो । एमालेले आइतबारसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त उम्मेदवार टुंगो लागे सोमबार नै चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

पार्टी एकता संयोजन समिति, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि निर्वाचन क्षेत्र बाँडफाँड कार्य दलले काम गरिरहेको छ । बामदेव गौतम नेतृत्वको संयुक्त कार्यदललाई आईतबारसम्म संयुक्त चुनावी घोषणा पत्र तयारीको काम सम्पन्न गरिसक्नुपर्ने कार्यादेश दिइएको छ भने इश्वर पोखरेल नेतृत्वको कार्य दललाई चुनावका लागि तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँडको जिम्मेवारी दिइएको छ ।

बैठकले वाम गठबन्धन निर्माणअघि माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँग भएको सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);