प्रचण्डले धोका दिएको भन्दै गोपाल किराँतीले निकाले यस्तो विज्ञप्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, १८ असोज । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै पार्टी भेलाको आयोजना समेत गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले मालेमावादलाई प्रचण्ड समूहले धरापमा पारेर एमालेसँग विलय गरेको आरोप लगाउँदै केन्द्रीय आयोजक भेला घोषणा गरेको बताएका छन्। नेता किराँतीले प्रचण्ड समूहले गरेको एमाले विलयका विरुद्ध देशव्यापी भण्डाफोर गर्ने बताएका छन्।

एमालेसँग चुनावी तालमेल र पछि एकता गर्ने निर्णयप्रति माओवादीका चार स्थायी समिति सदस्य गोपाल किराँती, मणि थापा, मातृका यादव र प्रभु शाहले असहमति जाहेर गरेका थिए।

यस्तो छ किराँतीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ-

(१) मार्क्सवाद, लेनिनवाद, माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर श्री प्रचण्ड समूहले गरेको एमालेमा विलयको घोषणालाई खारेज गर्दै नेकपा माओवादी केन्द्र पूनरगठन भेला आयोजक समिति निर्माणको आह्वान गर्दछु ।

(२) पार्टीको कुनै पनि तहमा औपचारिक निर्णण नगराई माओवादी केन्द्र विघटन गरी एमालेमा विलय गराउने श्री प्रचण्ड समूहको कदम दक्षिपन्थी विसर्जनवादी मात्र नभएर अवैधानिक समेत छ । त्यसको चौतर्फी भण्डाफोर गर्न माओवादी क्रान्तिकारी कमरेडहरुमा विशेष आह्वान गर्दछु ।
(३) सम्भव भएसम्म लडाकु दस्ता निर्माण गरी आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई देशैभरी भाटे कारवाहीको तयारी गर्न युवा साथीहरुमा आह्वान गर्दछु ।
(४) भेला आयोजक समिति गठन अघि एक पटक श्री प्रचण्डसँग वार्ता गरिनेछ ।

(५) चुनावी तालमेलको नाटकबारे माओवादी विचार एवंम पहिचानको दुस्मन एमाले जत्थामा आत्मसमपर्ण गर्ने प्रचण्ड समूहको आत्मघाती निर्णयबाट आक्रोशित कमरेडहरुमा अन्यथा विचलित नहुन गम्भिर आह्वान गर्दछु । नयाँ आधारमा माओवादी केन्द्रलाई पूनरगठन गरी पहिचानको आन्दोलन जारी राख्न पुनः आह्वान गर्दछु ।

गोपाल किराँती नेकपा माओवादी केन्द्र, सचिवालय सदस्य
हाल– आम्चोक गाउँपालिका, भोजपुर ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);