कुनै कारणले चुनाव नभए विघटित संसद ब्यूँतिन्छ: अध्यक्ष प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

कुनै कारणले चुनाव नभए विघटित संसद ब्यूँतिन्छ: अध्यक्ष प्रचण्ड

Prachandaaa

काठमाण्डौँ, ९ कार्तिक । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोनयन दर्ता भईसकेको अवस्थामा कुनै कारणले चुनाव नभए विघटित संसद ब्यूँतिने दाबी गरेका छन् ।

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो ।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले सर्वोच्च प्रति निकै विश्वास भएको भन्दै यदि कुनै कारणवश ‘मनोनयन दर्ता भइसकेको अवस्थामा निर्वाचन रोकियो भने संसद ब्यूँतिने दाबी गरेका हुन् ।

 

ताजा समाचार