लोकतान्त्रिक उत्सव सबै मिली सफल पारौँः प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लोकतान्त्रिक उत्सवको संज्ञा दिँदै निर्वाचनमा सबै पार्टी एवम् जनतालाई सहभागी भएर सफल पार्न आग्रह गरेका छन्।

बिहिबार राष्ट्रिय समाचार समितिको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने बताए।

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत राष्ट्रको विकास र एकतामा टेवा पुर्याउने तथा आमजनताको महत्वाकांक्षाको सम्वोधन गर्न आफू सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);