विद्युत सेवाबाट उदयपुरबासी अझै बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विद्युत सेवाबाट उदयपुरबासी अझै बञ्चित

udaypur

गोपाल पोखरेल, उदयपुर, १९ पुस । विद्युत विस्तारका लागि पोल गाडेको लामो समय वितिसक्दा पनि उदयपुरको चौदण्डीगढी नगरपालीका स्थित रानीटारका स्थानियले अहिले सम्म विद्युत सेवा प्रयोग गर्न पाएका छैनन् ।

पोल गाड्ने र तार टाँग्ने काम सकिएपनि बिद्युत प्राधिकरणको वेल्टार उपशाखाले मिटर जडान नगरिदिँदा रानिटारबासी अँध्यारोमै बस्नु परेको हो । भोजपु्र र उदयपुर जिल्लाको व्यापारिक बजारका रुपमा विकास हुँदै गरेको उदयपुरको चौदण्डीगढी नगरपालिका १ रानिटारमा अझै बिजुली बत्ती बल्न सकेको छैन । बिगत ५ महिनायता रानिटार गाउँभरि जताजतै बिजुलीका पोल गाडिएका छन् ।

ती पोलमा जोडिएका बिजुलीका तारमा बिजुली पनि छ । तर उज्यालोका लागि यहाका स्थानीयलाई टुकीको सहारा लिनुपर्ने अवस्था रहेको छ । करिव एक महिना अघि नै मिटर जडानका लागि निवेदन दिने लगाएतका सवै प्रक्रिया पूरा गरिसके पनि बिद्युत प्राधिकरणको बेल्टार उपशाखाले अहिलेसम्म मिटर जडान गरिदिएको छैन ।

रानिटारका सवैजसो घरको छानामाथि टाँगिएको तारमा बिजुली भएपनि घरमा टुकी बालेर बस्नु पर्ने अवस्था रहेको छ । भोजपुर जिल्लाका आमचोक, हतुवागढी र रामप्रसाद गाउँपालिकाका सर्वसाधारणको व्यापारिक केन्द्र बनिरहेको रानिटारबासीले एउटा मोवाइल चार्ज गर्नु पर्दा समेत एक घन्टा हिँड्नु परिरहेको छ । बिद्युत प्राधिकरण बेल्टार उपशाखासंग मिटर नभएको र केन्द्रबाट मागेर ल्याउनु पर्ने बताएकाले गाउँमा बिजुली बाल्न नसकिएको वडा अध्यक्ष रोहित तामाङ्घले जानकारी दिए।

उदयपुर जिल्लाको पूर्वि क्षेत्रको सवैभन्दा ठूलो बेल्टार बजारदेखि ३५ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने रानिटार व्यापारिक केन्द्र बन्दै गएपनि विकासका दृष्टिकोणले अझै पछाडि परेको छ । बिद्युत र सञ्चार सम्पर्कबिहीन भएका कारण सुनकोसी किनारमा रहेको र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको रानिटार क्षेत्र ओझेलमा परिरहेको स्थानीयको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);