पछिल्लो समय विद्युत झ्याप्प-झ्याप्प जाँदा उपभोक्ता हैरान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पछिल्लो समय विद्युत झ्याप्प-झ्याप्प जाँदा उपभोक्ता हैरान

bijuli

काठमाडौं, ४ पुस । लोडसेडिङको अन्त्य भएकोमा तीन वर्ष यता आम नागरिक खुशी छन् । तर पछिल्लो समय विद्युत झ्याप्पझ्याप्प जाँदा नागरिक चिन्तित छन् । समय समयमा विद्युत गइरहँदा कार्यालयको कामकाजदेखि घरायसी कामकाजमा समस्या देखिने गरेको छ ।

विद्युतको खपत बढाउ भनेर नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई सार्वजनिक अपिल गरिरहेको बेला बत्ती जाने र आउने भइरहेको छ ।

नेपाल बिद्युत प्राधिकरणले पोल पोलमा देखिएका बिद्युतका तारहरुलाई व्यवस्थित पार्ने कार्यलाई तिव्रतका साथ अगाडी बढाएको छ । पोलमा झुण्डीएका अब्यवस्थित तारहरुलाई जमिन मुनिबाट प्रसारण गर्ने काम भइरहेकाले पनि कुनै पनि समयमा बत्ती जाने आउने काम भएको नेपाल बिद्युत प्रधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो ।

बिद्युतीय लाइन बिस्तार गर्ने क्रममा बिद्युत परिक्षण गर्नुपर्ने भएकाले सुरक्षाको दृष्टिकोणले पनि बत्तीमा समस्या आएको हो । बदलिंदो मौसमको कारण बिद्युतको पोलमा रहेको इन्सुलेटरमा केही लिकेज हुने भएकाले पनि यस्तो समस्या आउने प्राधिकरणको भनाइ छ ।

तार जमिन बिच्छयाउने काम हाल रत्नपार्कदेखि महाराजगंञ्जसम्म भइरहेकाले त्यस क्षेत्रमा समय समयमा विद्युत प्रसारण रोक्नुपरेको प्रवक्ता अघिकारीको भनाइ छ ।

हिउँद सिजन भएको र इन्सुलेटरमा सित जम्नुले पनि यस्तो समस्या आउने गरेको प्राधिकरणको भनाई छ । बेला बेलामा बत्ती आउने जाने समस्या केही दिनसम्म मात्र भएकाले नआतिन ग्राहकहरुलाई प्राधिकरणले आग्रह समेत गरेको छ ।

प्राधिकरणले बिद्युत आपुर्तीलाई सहज र सुव्यवस्थित बनाउनका लागी ट्रान्समीटरको मर्मत र पुराना ट्रान्समिटलाई हटाएर नयाँ प्रबिधि युक्त ट्रान्समिटरहरु पनि जडान गरिरहेको प्राधिकरणको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);