विद्युत चुहावट नियन्त्रण गर्न सर्च अपरेसन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विद्युत चुहावट नियन्त्रण गर्न सर्च अपरेसन सुरु

bidhut chori

कपिलबस्तु, २१ माघ । नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले गैरकानूनी ढंगबाट विद्युत चोरी गर्नेमाथि निगरानि बढाएको छ । पछिल्लो समय विद्युत चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग नै लिएर अहिले नियन्त्रणको काम सुरु गरेको हो । शाखाले गरेको सर्च अप्रेशनमा कतिपय घरमा मिटर नै उक्काएर विद्युत चोरी गरेको पाईएको छ ।

विद्युत् चोरीका घटनामा वृद्धि भएपछी विद्युत चुहावट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले कपिलबस्तु नगरपालिका वडा नं. ६ सेमरी गाँउमा सर्च अपरेसन गरेको छ । एक सय घरमा छापा मर्दा ९ वटा मिटर खोली विद्युत गरेको पाईएको छ । चेकजांचका क्रममा विद्युत चोरी गरि संचालनमा ल्याईएका विद्युत उपकरण र घरधनीलाई नियन्त्रणमा लिईएको छ ।
bidhut chori1

कपिलवस्तुका धरै स्थानमा बिद्युत् चोरी हुने गरेको छ जसले गर्दा ट्रन्सफर्मर जल्ने र बिद्युतिय दुर्घटना हुने गरेका छन् । शाखाले गरेको सर्च अपरेसनले बिद्युतिय दुर्घटनाको जोखिममा रहेका स्थानिय भने खुशी भएका छन् ।

यता शाखाको काममा स्थानिय सरकारले पनि सकारात्मक सहयोग गरेको छ । स्थानीयलाई सचेत गराउन शाखाको काम राम्रो भएको र भबिष्यमा हुने चारी रोक्न पनी यो अभियान र कारवाहीलाई निरन्तरता दिनुपर्ने जनप्रतिनिधिहरुको भनाई छ ।

बिद्युत् प्राधिकरणले चुस्तरुपमा काम गर्दा देशको लोडसेडिङको समस्या समाधान भएको छ । तर देशका तराई क्षेत्रमा हुने बिद्युत् चोरी र त्यसले निम्त्याएका समस्या र गुमेको बिद्युत् महशुलको समस्या समेत प्राधिकरणका लागी चुनौती बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);