प्रतिनिधिसभाको पहिलो बैठकमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रतिनिधिसभाको पहिलो बैठकमा कसले के भने ?

sadan

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसंगको सहमतिबारे सदनलाई जानकारी दिनुपर्ने माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहमतिलाई बुँदागत रुपमा नभनि गोल मटोल जवाफ दिएको भन्दै कांग्रेसले संसद अवरोध गर्नुपरेको जनाएको छ ।

शुक्रबारको बैठकमा प्रतिपक्षी सांसदहरुले राखेको जिज्ञासामा जवाफ दिन तीन पटक रोष्टम पुगेका मन्त्री पोखरेलले डाक्टर केसीसंग ९ बुँदे सहमति भएको बताए पनि सहमतिको अक्षरश जानकारी नगराई सहमतिको पत्रलाई सभामुखलाई बुझाएका थिए ।

कांग्रेसले सहमतिबारे सदन जानकार नभएसम्म बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध गरेपछि सभामुखले पहिलो बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिनिधिसभाको शुक्रबारको पहिलो बैठकमा सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिए ।

सांसद रिजालले दम्भ र अहंकारको सिंहासनमा बसेको सरकार अन्तत जनताका सामुन्ने झुक्न बाध्य भएको भन्दै यो दिन सबैका लागि खुसीको दिन भएको बताए । जबरजस्ती चिकित्सा शिक्षा सुधारको योजना रोक्न सक्दैन भन्ने मान्यता स्थापित भएको भन्दै उनले मन्त्रीले सहमतिका बारेमा सदनलाई जानकारी दिनुपर्ने माग गरे ।

उनले लोकतन्त्रमा चुनावको मत भन्दा पनि जनमतको कसिमा सरकारलाई हेरिने भएकाले संविधान फेर्न सक्ने तागत छ भनेर संविधान मान्दिन भन्न नमिल्ने बताए । संविधानले सभामुख र उपसभामुख एउटै दलको बन्न सक्दैन भनेकाले अदालतको प्रतिवादी भएर नबस्न उनले सरकारको ध्यानाकर्षण गराए । उनले संविधानले देखाएको बाटोबाट अघि बढ्नुपर्नेमा सरकारलाई सचेत गराए ।

मन्त्री पोखरेलले ९ बुँदे सहमति सार्वजनिक भईसकेको र सहमतिलाई मन्त्रीपरिषद्को बैठकमा अनुमोदनमा लैजानुपर्ने भन्दै संसदको गरिमालाई ध्यान दिएर सहमतिलाई प्रक्रियामा लगेर टुंगो लगाउन सघाउन आग्रह गरे ।

मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरु पुष्पा भुसाल, गगन थापा, डिला संग्रौला, लक्षिम परियार, प्रकाश सराईली स्नेही, राम बहादुर विष्ट लगायतले कुन कुन बुँदा र के के विषयमा सहमति भएको स्पष्ट पार्न आग्रह गरे ।

साथै उनीहरुले बंगलादेशमा अध्ययनरत छात्राको बारेमा आपत्तीजनक अभिव्यक्ति दिने दुर्गा प्रसाईलाई कारवाही हुन्छ हँुदैन भनी मन्त्रीको जवाफ माग गरेपछि फेरी मन्त्री पोखरेलले जवाफ दिएका थिए ।

यसपटक पनि चित्तबुझ्दो जवाफ नभएपछि कांग्रेसले विरोधलाई कायम नै राख्यो । त्यसपछि प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको तर्फबाट सम्बन्धित मन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभई गोलमोटल भएको भन्दै सहमति भईसकेको विषयलाई कार्यान्वयन गर्ने हो थप सहमति गर्ने होइन भन्दै पुन सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि जवाफ दिन रोष्टम पुगेका मन्त्री पोखरेलले सहमति पत्रलाई सभामुखसमक्ष हस्तान्तरण गरे । त्यसपछि पनि कांग्रेसका सासंदहरुले उभिएर विरोध जनाएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);