दुर्गा प्रसाईंलाई कारबाही गर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई कारबाही गर्न सांसदको माग

sanghiya-samsad

काठमाडौं, ११ साउन । विपक्षी दलका सांसदहरुले झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाही हुनुपर्ने बताएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसदहरुले प्रसाईंलाई के कारबाही हुँदैछ भनी प्रश्नसमेत गरे ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार र डाक्टर गोबिन्द केसीबीच भएको सहमतीको जानकारी गराएपछि सांसदहरुले प्रसाईंलाई कारबाहीको माग गरेका हुन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुस्पा भुषालले प्रसाईंलाई के कारबाही हुन्छ भनेर प्रश्न गरेकी थिइन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद डीला संग्रौलाले प्रसाईंले बोलेको शब्दले ५१ प्रतिशत महिलाको अस्मिता माथि प्रहार गरेको भन्दै कारबाहीको दायरामा ल्याउन आग्रह गरीन् ।

कांग्रेसकी अर्की सांसद लक्ष्मी परियारले बंगलादेशमा अध्ययनरत छात्रामाथि बोलेको वाक्यकै कारण कानून मन्त्री शेर बहादुर तामाङले राजिनामा दिनुु परेको भन्दै प्रसाइलाइ कारबाही नभएकोप्रति बिरोध जनाइन् ।

त्यसैगरी सांसद रामबहादुर बिष्ट, देबेन्द्रराज कडेल र प्रकाश रसाइलीले कानुन मन्त्रीले रोएर राजिनामा गर्नु परेको तर प्रसाईंलाइ कारबाही गर्न सरकार किन मौन बसेको भन्दै प्रश्न गरे ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राले मेडिकल शिक्षा अध्ययनको क्रममा आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको भन्दै प्रसाइले बोलेको भिडियो सार्वजनिक भएको थियो ।