एमालेको प्रधानमन्त्रीलाई प्रश्नः लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

एमालेको प्रधानमन्त्रीलाई प्रश्नः लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउनुभयो ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उहाँको प्रश्न छ । प्रधानमन्त्री साहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उहाँको आरोप छ । उहाँले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गर्नुभएको छ । जनताका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उहाँको भनाई छ । उहाँले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिनुभ

Leave a Reply

ताजा समाचार