निक्षेपकर्ताको करोडौं रकम असुलेर सहकारीका सञ्चालक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निक्षेपकर्ताको करोडौं रकम असुलेर सहकारीका सञ्चालक फरार

पुष्पा पोखरेल
काठमाडौं, २१ असार । निक्षेपकर्ताको करोडौं रकम असुलेर काठमाडौंको बूढानीलकण्ठमा रहेको नयाँ सन्देश बचत तथा ऋण सहकारी लिमिटेडका मुख्य सञ्चालक फरार भएका छन् । विभिन्न तरिकाबाट सर्वसाधारणलाई प्रलोभन देखाई उक्त संस्थाले ठगि गर्दै आएको थियो।

सन्देश बचत तथा ऋण सहकारी लिमिटेडले निक्षेपकर्तालाई आश देखाएर आर्कषक मुद्दती बचत योजना ल्याएपछि बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ५ लगायत वडाका व्यक्तिहरुबाट करोडौं रुपैयाँ निक्षेप जम्मा गरेका थिए ।

पीडितहरूका अनुसार कम्तीमा तिन हजार जनाको रकम फसेको उनीहरुले बताएका छन् । सहकारीले बुढानिलकण्ठ नगरपालिकाको वडा न ५ को रोहबरमा ४५ दिनभित्र सबै निक्षेपकर्ताको रकम फिर्ता गर्ने सम्झौता गरेको देखिन्छ।

कागजी भाका सकिएपछि पनि सहकारी सञ्चालकहरू सम्पर्कमा नआएपछि पीडितहरू पटक पटक बुढानिलकण्ठ नगरपालिका धाउँदा पनि नगरपालिकाले कुनै सुनुवाई नगरेको उनीहरु बताउँछन ।

सरकारले उतm सहकारीबाट कर असुल गरेको र नियमन निकायको कमजोरी कै कारण आफुहरुले न्याय नपाएको तथा सरकारले आफुहरुलाई न्याय दिनुपर्ने पीडितहरुको भनाई रहेको छ । सो सहकारीमा २ बर्षदेखि साधारणसभा समेत गरिएको छैन ।

२०७५ चैत्र २५ गतेबाट सो सहकारीका अध्यक्ष सानु सिंह ठकुरी र उपाध्यक्ष रामकुमार ठकुरी सम्पर्क विहिन छन । गत वर्षको तथ्याङक हेर्नेहो भने मुलुकभरबाट ८३ वटा संस्थाका संस्थापक फरार भएका छन् । ती संस्थामा कति रकम थियो कति जनता ठगिए त्यस्को केहि एकीन तथ्याङक भने छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);