विप्लव निकट विद्यार्थी संगठनद्धारा आज साविक राप्तीमा शैक्षिक हड्ताल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विप्लव निकट विद्यार्थी संगठनद्धारा आज साविक राप्तीमा शैक्षिक हड्ताल

school

दाङ, २६ माघ । विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले सोमबार दाङसहित साविक राप्तीमा शैक्षिक हडताल गरेको छ ।

अखिल क्रान्तिकारी दाङका संयोजक अनिल केसीले आइतबार जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिम लगाएत राप्ती क्षेत्रमा प्रशासानद्धारा विद्यार्थीहरु माथि भएको गैरन्यायिक गिरफ्तारी, दमन र गिरफ्तार साथीहरुको रिहाइको माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको उल्लेख गरिएको छ ।

यहि माघ १८ गते अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेम प्रशान्त बोहोरा, कोषाध्यक्ष धन बहादुर वली, र १९ गते संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोमपाल कामी, सह–सचिब प्रकास बिकलाई गिरफ्तार गरि झुट्टा मुद्धा लगाउदै हिरासतमा राखेकाले रिहाइको माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको युनियनले जनाएको छ ।

त्यस्तै, भरखरै मात्र बैतडी जिल्लामा कक्षा १२ मा अध्ययनरत १७ बर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको प्रति श्रदान्जली व्यक्त गर्दै दोषिलाई तत्काल नियन्त्रणमा लिइ कडा कारबाही गर्न र पिडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग माग गर्दछाै, भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राप्ती समिति संगठनले गरेको आम शैक्षिक हड्तालको कार्यक्रममा दाङसहित राप्तीमा सबै शैक्षिकसंस्थाहरु बन्द गर्न सबै विद्यार्थी, अभिभाबक शिक्षकहरुमा अपिल गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);