रामेछापको साँघुटार बजारमा आगलागी, ४ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

रामेछापको साँघुटार बजारमा आगलागी, ४ घर जलेर नष्ट

ramechap aaglagi

रामेछाप, ९ साउन । रामेछापको साँघुटार बजारमा बिहिबार बिहान भएको आगलागीमा परी चार घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा बिहिबार बिहान आठ बजेबाट करिब तीन घण्टासम्म भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका हुन् ।

लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको गोदामबाट निस्किएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर आगलागीबाट नष्ट भएका हुन् ।

स्थानीयको प्रयासमा बिहान ११ बजे आगो नियन्त्रणमा आएको हो । गोदाममा ग्याँस तथा पेट्रोल र डिजेल समेत रहेकोले आगो चाँडै फैलिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको जनाइएको छ ।

आगलागीको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोवीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली गएको जनाएको छ ।

साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यस अघि पनि बारम्बार आगलागिका घटनाहरु भएका छन् ।०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);