रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा बुधबार दिउँसो घरमा जोडेको विद्युत् सर्ट भएर आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीय जीवन बसेलको घर पूर्ण रूपमा क्षति भएको हो ।

विद्युत् मिटरमा करेन्ट सर्ट भई आगलागी भएको र आगलागीबाट घरभित्र राखिएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र सुनचाँदी जलेर नष्ट भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणि नेवारले बताए ।

उनका अनुसार आगलागीबाट करिब १० लाखबराबरको क्षति भएको छ।

Leave a Reply

ताजा समाचार