आजै तीन वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजै तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,१९ चैत्र । आज तीन वटा संसदीय समितिकोे बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे बस्दैछ । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संसद भवनस्थित शंकर हलमा बस्नेछ । बैठकमा प्रश्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाई प्रक्रिया अघि बढाइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);