डा.आरजु देउवाको भारतमा शल्यक्रिया सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डा.आरजु देउवाको भारतमा शल्यक्रिया सम्पन्न

काठमाडौं,१५ चैत्र । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको गत चैत्र १४ गते भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेटमा हाइपर प्याराथ्योरिजमको शल्यक्रिया सम्पन्न भएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए ।

आरजु विगत २ वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाहमा भारतको सो अस्पतालमा फलोअप उपचार गराइरहेको सचिवालयले जनाएको छ ।

शल्यक्रिया पछि आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने भएको पनि रावलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);