संसदीय अभ्यासमा कानून निर्माणको शैलीमा समस्या : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संसदीय अभ्यासमा कानून निर्माणको शैलीमा समस्या : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, १० पुस । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसदीय अभ्यासमा कानून निर्माणको शैलीमा समस्या रहेको बताउनु भएको छ ।

‘संसदीय÷विधायिकी प्रक्रियामा नागरिक सहभागिता’ विषयमा बिहीबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले पछिल्ला घटनाहरुले विधेयक तर्जुमा कसरी हुन्छ थाहा नहुने र थाहा भएपछि सडकमा विद्रोह गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

त्यस्तै अरुले बनाएको कानून भन्ने सोचले कानून कार्यान्वयनमा गाह्रो भएको र प्रतिरोध हुँदै आएको समेत उहाँले बताउनुभयो । जनताको सहभागितामा बनेको ऐन जस्तो भएपनि जनताले सहन सक्ने र सहभागीता बिना बनेको ऐन जतिसुकै राम्रो भएपनि प्रतिरोध हुने भन्दै कानून निर्माण गर्दा जनताको आत्मसम्मानको अधिकारलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै सांसदहरुले सम्मान, उत्पादकत्व र प्रभावकारितालाई कसरी बढाउने भन्ने रणनीतिक विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले समय र खर्च लाग्छ भन्दैमा प्रजातान्त्रीक विधि र मान्यतालाई पाखा पार्न नहुने समेत बताउनुभयो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);