सभामुख छान्न सकस : नेकपाको शीर्ष तहमै ध्रुवीकरण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभामुख छान्न सकस : नेकपाको शीर्ष तहमै ध्रुवीकरण बढ्दै

oli n parchanda

काठमाडौं, १ माघ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले भावी सभामुखलाई आफ्नो प्रतिष्ठाको विषय बनाएपछि शीर्ष तहमै ध्रुवीकरण बढ्दै गएको छ ।

ओली र दाहालबीच कुरा नमिल्दा अहीलेसम्म प्रतिनिधि सभाको सभामुख चयन हुन सकेको छैन । तत्कालीन सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएपछि तीन महिनाभन्दा बढी समयदेखि सभामुख पद खाली रहेको छ ।

ओली र दाहालले नयाँ सभामुखका लागि आ–आफूले अघि सारेका ब्यक्ति हुनुपर्ने अडान राख्दै आएका छन् । ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र दाहालले अग्नि सापकोटाको नाम अघि सारेका छन् ।

दाहाल र ओलीबीचको बिवादका कारण प्रतिनिधि सभामा सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन । संसद बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

ओली र दाहाल दुवैले पछिल्लो समय सचिवालयका सदस्यलाई आफ्नो पक्षमा पार्न प्रयास गरेपछि ध्रुवीकरण बढ्दै गएको हो । ध्रुवीकरण बढ्दै जाँदा दुबै अध्यक्षबीचको भेटघाट समेत पातलिदै गएको नेकपाका नेताहरुले बताएका छन् ।

उपसभामुख डाक्टर शिव माया तुम्वाहाम्फेले पार्टी निर्णयलाई समेत बेवास्ता गर्दै राजीनामा दिन अस्वीकार गरेपछि नेकपामा उक्त बिषय समेत निकै चर्चामा छ । ओली र दाहालबीच सभामुख कसले पाउने भन्नेमा विवाद बढ्दा सभामुखको नाम टुंगो लगाउन नेकपालाई सकस भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);