नेकपालाई सभामुख चयन गर्न समस्या भए कांग्रेस तयार : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपालाई सभामुख चयन गर्न समस्या भए कांग्रेस तयार : देउवा

विराटनगर, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताउनुभएको छ।

बुधवार मोरङको विराटनगरमा पत्रारहरुसंग कुराकानीका क्रममा देउवाले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गर्नुभयो ।

उहाँले नेकपाले सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन आग्रह समेत गर्नुभयो ।

देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताउनुभयो ।

देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने समेत उल्लेख गर्नुभयो । सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको दाबी समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);