प्रदेश नम्बर २ : निर्वाचनका लागि मनोनयन दर्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, २१ भदौ । आज दुई नम्बर प्रदेश अन्तरगतका आठ जिल्लामा हुने १३६ स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ ।

 

बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म कायम रहनेछ । निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

 

आयोगले आज मनोनयन दर्ताका लागि समय निर्धारण गरेको हो । तेस्रो चरणमा हुन लागेको निर्वाचनका लागि २ हजार १ सय ६६ मतदान स्थल, ३ हजार ५ सय ७८ मतदान केन्द्र रहने आयोगले जनाएको छ । यस्तै निर्वाचनमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी खटिने प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभयो । निर्वाचनबाट ६ हजार ६ सय २७ जनप्रतिनिधिहरु निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।

 

यसैबीच प्रमुख दलका उम्मेदवारहरु बाजा गाजासहित उम्मेदवारी दर्ताका लागि तयारी थालेका छन् । केही स्थानीय तहमा टिकेट वितरणको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय जनता पार्टीभित्र भने असन्तुष्टि देखिएको छ । विरगञ्ज महानगरपालिकाको मेयरमा टिकट नपाएपछि राजपाका महामन्त्री विमल श्रीवास्तव नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । यस्तै माओवादी केन्द्रमा पनि केही स्थानीयत तहमा असन्तुष्टि देखिएको छ ।

 

यसैबीच नेकपा एमालेले भने एक्लै चुनाव लड्ने भएको छ । चुनावमा एमालेलाई हराउन कांग्रेस र माओवादीको गठबन्धनमा विदेशी शक्ति पनि सामेल भएको एमालेको आरोप छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);