राजपाका जिल्ला अध्यक्ष नै रातारात माओवादीमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राजपाका जिल्ला अध्यक्ष नै रातारात माओवादीमा प्रवेश

गौशाला, २१ भदौ । राष्ट्रिय जनता पार्टी, महोत्तरीका एक शीर्ष नेताले पार्टी परित्याग गरेका छन्। आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका हुन्।

 

यसअघि तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) यादवको पार्टीमा रहेका उनी पार्टी एकीकरण भएसँगै नरेन्द्र यादव जिल्ला अध्यक्ष मण्डलका एक सदस्य थिए। उनलाई राजपाले राजपाले टिकट नदिएपछि उनले सो पार्टी परित्याग गरेका हुन्।

 

यादव पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्रका नेता रामबहादुर थापाले पार्टी प्रवेश गराउँदै महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);