बर्दिबासमा बम विष्फोट, व्यापक प्रहरी परिचालन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

महोत्तरी, २१ भदौ । महोत्तरीको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ। गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायत जानकारी दिएका छन्।

 

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरीले जनाएको छ। यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।