जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग  | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग 

खोटाङ। जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयाेजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिए ।  जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह-सचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटीको बैठक बोलाएकै दिन उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पञ्चशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);