प्रत्यक्ष तर्फको दुवै मतपत्र एउटै पेपरमा छाप्ने : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौँ, ९ कार्तिक । निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको दुवै मतपत्र एउटै पेपरमा छाप्ने भएको छ। आयोगको आज बसेको बैठकले प्रदेश र प्रतिनिधि सभाका लागि पनि एउटै पेपरमा दुई वटा मतपत्र छाप्ने निर्णय गरेको हो।

एउटै पेपरमा समानुपातिक तर्फको दुई वटै मतपत्र छाप्ने काम अन्तिम चरणमा पुगेको छ। आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्ष तर्फ पेपरको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाका लागि चुनाव चिन्ह अंकित मतपत्र छाप्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

आयोगले समानुपातिक तर्फको लागि एउटै पेपरमा दुईवटा मतपत्र छापेपछि राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले छुट्टाछुट्टै पेपरमा छाप्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले भने सो रिटमा अन्तरिम आदेश दिन नपर्ने निर्णय सहित ऐन अनुसार काम गर्न आयोगलाई बाटो खुलाएको थियो।

अदालतको सोही आदेशको आधारमा प्रत्यक्ष तर्फपनि एउटै पेपरमा दुई वटा मतपत्र छाप्ने निर्णय गरेको आयोगले जनाएको, आजको कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);