कोलकाता बन्दरगाहबाट सामान छुटाउनै कठिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १७ कार्तिक । नेपालका तेस्रो मुलुकबाट आयात गरिएका व्यापारिक सामान कोलकाता बन्दरगाहबाट ल्याउन मुस्किल पर्न थालेको छ । बन्दरगाह अस्तव्यस्त हुँदा सामान निकाल्न कठिन भएको आयातकर्ताको गुनासो छ । बाहिरबाट आएका कन्टेनरले सामान पुर्‍याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी विलम्ब शुल्क तिर्नुपर्ने भएको छ।

भारतको कोलकाता बन्दरगाहको व्यवस्थापनको कमजोरीका कारण आयातकर्ताले प्रतिकन्टेनर झन्डै डेढ लाख रुपैयाँ थप खर्चिनुपरेको आयातकर्ताको दाबी छ । आयातकर्ताले सामान नेपाल भित्र्याउन पनि सकिरहेका छैनन् । गत असोजदेखि आएका अधिकांश कन्टेनर अझै कोलकाता बन्दरगाहमै थन्किएका छन् । कन्टेनर बन्दरगाहमा आएदेखि सिपिङ कम्पनीले बिलम्ब शुल्क जोड्न थाल्छन्।

कन्टेनर गन्तव्यमा पुगेर बन्दरगाहसम्म फर्किनका लागि औसतमा १५ देखि २१ दिनसम्म ‘फ्रि’ समय हुन्छ । आयातकर्ताका अनुसार सिपिङ कम्पनीले उपलब्ध गराएको फ्रि समय कोलकाता बन्दरगाहबाट कन्टेनर जाँचपास गराउनैमा लाग्न थालेको आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);