नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

काठमाडौँ, ७ कार्तिक । भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन्। बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा बढी पानीमै थन्किएका हुन्।

हरेक बर्ष बढ्दो कन्टेनर संख्या व्यवस्थापन गर्न पुरानो पुर्वाधार र प्रणालीले नधानेपछि नेपाली आयात मारमा परेको हो। सोमबारसम्म कोलकाता बन्दरगाहबाट नेपालको लागि चलान भइसकेको १४ सय २३ कन्टेनर त्यहाँबाट हिड्न पाएका छैनन्।

थप पाँच सय भन्दा बढी कन्टेनर चलान हुन बाँकी छ। यता जहाजमा आएका कन्टेनर ओराल्ने ठाउँ नपाएर डक (किनार) मा ल्याउन सकिएको छैन। आजको नागरिक दैनिकमा खबर छ।