म्यान्मारः सन् २०२६ को पहिलो सात महिनामा याङ्गुन बन्दरगाहमा ४०२ कन्टेनर जहाजको आगमन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

म्यान्मारः सन् २०२६ को पहिलो सात महिनामा याङ्गुन बन्दरगाहमा ४०२ कन्टेनर जहाजको आगमन

म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् । म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट अफ म्यान्मारले बिहीवार यसबारे जानकारी दिएको हो । प्राधिकरणको प्रतिवेदनअनुसार जुलाई महिनामा मात्रै ५५ वटा कन्टेनर जहाजले यस बन्दरगाहमा सेवा लिएका थिए । यस वर्षको जनवरीमा ६३ र फेब्रुअरीमा ६० वटा जहाजको आगमन भएको थियो, जुन यस वर्षकै उच्च मासिक तथ्याङ्क हो । विगत केही वर्षयता याङ्गुन बन्दरगाहमा जहाजहरूको आवागमनमा क्रमिक वृद्धि देखिएको छ । तथ्याङ्कअनुसार सन् २०२३ मा ६२९ र सन् २०२४ मा ६३३ वटा जहाजहरू आएकोमा सन् २०२५ मा यो सङ्ख्या बढेर ७२८ पुगेको थियो । म्यान्मारको व्यापारिक क्षेत्रका लागि मेरुदण्ड मानिने यस बन्दरगाहले मुलुकको कुल नियमित आयात–निर्यातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको छ । याङ्गुन इनर हार्बर र थिलावा आउटर हार्बर गरी यस बन्दरगाहमा कुल ४८ वटा बर्थहरू (जहाज लङ्गर हाल्ने ठाउँ) सञ्चालनमा रहेका छन् ।

Leave a Reply